पाल्पाका दुई क्याम्पसमा स्ववियु निर्वाचन, मतदान जारी

पाल्पाका दुई क्याम्पसमा स्ववियु निर्वाचन, मतदान जारी
सुन्नुहोस्

तानसेन : पाल्पामा २ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन र शहिद बहुमुखी क्याम्पस रामपुरमा मतदान सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । 

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा एक हजार ८९४ जना मतदाता विद्यार्थी रहेका छन् ।  त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा कुल १९ पदका लागि निर्वाचन भइरहेको छ। १० पदमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनेछ । यस्तै ९ पदमा भने समानुपातिक मतबाट नेतृत्व चयन हुनेछ । प्रत्यक्षतर्फ अध्यक्ष, सचिव, कोषाध्यक्षसहित १० पदका लागि निर्वाचन भइरहेको छ ।   यस्तै समानुपातिक उम्मेदवारका लागि संगठनलाई मत दिनुपर्ने प्रावधान रहेको छ । संगठनले पाएको मतको आधारमा स्ववियुमा प्रतिनिधित्व हुने निर्वाचन प्रमुख जीवन बहादुर थापाले बताए । 

nullनिर्वाचन  शान्तिपूर्ण भइरहेको त्रिवि तानसेनका क्याम्पस प्रमुख टंकप्रसाद पन्थले बताए । तानसेनको ४ बुथबाट मतदानको काम भइरहेको छ । त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तीकारी र अनेरास्ववियू समाजवादी चुनावी प्रतिस्पर्धामा रहेका छन् । तानसेनमा २०६५ साल पछि १६ वर्ष पछि निर्वाचन भएको हो । 

    
शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ नेपाल नेविसंघ, अनेरास्ववयिु र अनेरास्वववियु क्रान्तीकारीको संयुक्त प्यानल चुनावी प्रतस्पिर्धा छन् । शहीद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा स्ववियु नर्विाचनमा १५ जना स्ववियु पदाधकिारीमध्ये ८ पद प्रत्यक्षबाट र ७ पद समानुपातिकबाट निर्वाचित हुनेछन्। 
    
शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा ७ सय १५ जना मतदाता रहेका छन् ।  शहीद बहुमुखी क्याम्पसमा ७ सय १५ जना मतदाता रहेका छन् ।  पाल्पाका पाँच क्याम्पसमध्ये दर्छा क्याम्पस, उद्बुद्ध क्याम्पस र माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु निर्वाचन सम्पन्न भइसकेको छ। 

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.