न्यूयोर्कमा मनाइयो गिरीजाप्रसाद कोइरालाको १५औं स्मृति दिवस
न्यूयोर्क : गिरीजाप्रसाद कोइराला फाउन्डेशन (जिपीके फाउन्डेशन ) अमेरिका च्याप्टरको कार्यालय उडसाईड्स न्यूयोर्कमा गिरीजाप्रसाद कोईरालाको १५औं स्मृती दिवस मनाइएको छ।
एक विशेष समारोह आयोजना गरी गिरिजाको तस्बिरमा माल्यार्पण एवं दीप प्रज्वलन गरी स्मृति दिवस मनाइएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै फाउन्डेशन अमेरिकाका अध्यक्ष्य सोमनाथ घिमीरेले उहाँसँग आफू बालकालदेखि नजिक भएको र कोइराला निवास विराटनगर एवं बहुदल पछिका दिनहरूमा काठमाडौंमा लामो समय संगत गरेको बताए।
कोइरालमा राष्ट्रप्रेम एवं प्रजातन्त्र, शान्ति र विकासको मार्गबाट समुन्नत नेपालको सपना एवं मार्गदर्शन आफूले पाएको उनले बताए।
सोही समारोहमा बोल्दै सिन्धु अमेरीका वेलफेयरका अध्यक्ष पासाङ्ग नोर्बु शेर्पाले स्व गिरीजावावु एक ऐतिहासिक युगपुरुषको रूपमा नेपाली जनजनको मनमष्तिस्कमा रहिरहेको बताए।
कार्यक्रममा उपस्थित अन्य पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि स्वर्गीय कोइरालाप्रति आफ्नो श्रद्धा व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !