के दाइजो दिऊन् र मेरा बाबा
कुटुमा कुटु नि सुपारी कुड्का,
राखेर गोजीमा मेरा बाबा राखेर गोजीमा।
गाली र डरत्रास कति भोग्नु मैले,
खान नि मलाई कर है लाग्यो,
जलुकी तिहुन मेरा बाबा जलुकी तिहुन।
मेरा माइती गरिब छन् छाक टार्न गाह्रो,
के दाइजो दिऊन् मेरा बाबा के दाइजो दिऊन् ?
जाँतोमा पिँधेको मकैको पिठो,
ओडाल्न छिटो छ मेरा बाबा ओडाल्न छिटो छ।
भोक है खपेर बस्नु है भन्दा,
त्यै ढिँडो मिठो छ मेरा बाबा त्यै ढिँडो मिठो छ।
लोटीको पानी नि पोखियो भुइँमा,
उठाउनै लाग्दा नि मेरा बाबा उठाउनै लाग्दा।
बज्यैको कुटाइले टुटुल्को उठ्यो,
चिरपटले लाग्दा नि मेरा बाबा चिरपटले लाग्दा नि।
प्रतिक्रिया दिनुहोस !