बल्खुको आमसभामा घुसपैठ भए ठाउँको ठाउँ कारबाही गर्छौं : लिङ्देन

बल्खुको आमसभामा घुसपैठ भए ठाउँको ठाउँ कारबाही गर्छौं : लिङ्देन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको छ। 

सोमबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौं स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको हो। 

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौं स्वयंसेवक खटाइने बताए। उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाइएको बताए। 

अध्यक्ष लिङ्देनले चैत १५ गते भएको प्रदर्शनमा पनि आयोजकभन्दा पनि राज्यपक्षले हिंसा भड्काउन उद्धत देखिएको आरोप लगाए। राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने उनको भनाइ छ। 

उनले राप्रपाले आयोजना गर्न लागेको आमसभामा सहभागी हुन अपीलसमेत गरे। आफ्ना कुनै नेतालाई पक्राउ गर्दैमा आफूहरूको आन्दोलन कमजोर नहुने भन्दै लिङ्देनले आफूलाई पक्राउ गरे आन्दोलन अझ निर्णायक हुने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.