पाणिनीको जन्मभूमि अर्घाखाँची ध्यानभूमि, ज्ञानभूमि र देवभूमि हो : प्रधानमन्त्री ओली
अर्घाखाँची : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात भएको ठाउँ भएको बताएका छन्। अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शंका नरहेको प्रष्ट पारे।
'यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो। यहाँबाटै ज्ञानको सुरुवात भयो। विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो। अरु सबै व्याकरणहरूले पाणिनीको सूत्रलाई आधार मानेका छन्,' उनले भने।
प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भैरहेको बताए। 'पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो,' उनले भने।
पाणिनीले मात्र नभई शिव, सिंग ऋषि, पताञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे। नेपाल सरकारले यस क्षेत्रको विकासको लागि ध्यान दिएको स्पष्ट पारे। धार्मिक र पर्यटकिय स्थलको रूपमा विकास गर्न जोड दिने बताए।
प्रधानमन्त्री ओलीले पाणिनीको व्याकरणका सूत्रहरू एआईको दुनियाँमा पनि उपयोगी भइरहेको बताए। अर्घाखाँचीको पाणिनी तपोभूमिमा आजदेखि सुरु भएको पाणिनी तपोभूमि सम्मेलनको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनी ऋषिले १४ सूत्रबाट प्रतिपादन गरेका सत्रहरू र व्याकरण अहिलेको आर्टिफिसियय इन्टिलिजेन्ट (एआई) मा पनि बहुउपयोगी भएको बताएका छन्।
आज भन्दा झन्डै २५ सय वर्ष पहिले पाणिनी ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले काम गर्ने बताए। नेपाल सरकारले यस क्षेत्रको विकासमा पहल गर्ने र पाणिनीको तपोभूमि यस क्षेत्रको विकासमा पहल गर्नुपर्छ भनेर सम्मेलन उद्घाटन गर्न आएको बताउँदै सरकारे विकास गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !