प्रचण्डलाई एमालेको जवाफ- सरकार परिवर्तन सम्भव छैन


काठमाडौं : नेकपा एमालेले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएको छ। सोमबार बसेको एमालेको सचिवालय बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनबारे भ्रम फैलाएको निष्कर्ष निकालेको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता बाहिर रहँदा प्रचण्डले कुण्ठा र पीडाबोध देखाएको आरोप लगाए। 'प्रचण्डजीले फेरि सरकार परिवर्तनको हल्लाहरू गर्नुभएको छ। सत्ता बाहिर रहँदाको कुण्ठा र पीडाबोध उहाँले प्रकट गर्नुभएको हो। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको कुनै सान्दर्भिकता र औचित्य नै छ,' उनले भने।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रचण्डले फैलाएको भ्रमको खण्डन गरिएको उनले बताए। ' अरु कुरा छाडेर सत्ताको मात्र कुरा गर्नु भनेको सत्तामोहबाहेक केही होइन,' प्रचण्डप्रति इंकित गर्दै ज्ञवालीले भने। 

माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढेको दाबी गरेका थिए। आइतबार चितवन पुगेर प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको दाबी गरेका थिए। उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको बताएका थिए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.