अनेरास्ववियुले जेठमा महाधिवेशन गर्ने
काठमाडौं : एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जेठ १ देखि ४ गतेसम्म काठमाडौंमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले काठमाडौं महाधिवेशन गर्नेगरी विभिन्न उपसमितिहरू गठन गरिएको बताए। 'जेठ १ देखि ४ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भयो। महाधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !