वीरगन्जमा फेरि तनाव, ठाउँठाउँमा टायर बालेर प्रदर्शन

वीरगन्जमा फेरि तनाव, ठाउँठाउँमा टायर बालेर प्रदर्शन

वीरगन्ज : वीरगन्जमा दुई समूहबीचको विवादले फेरि तनावग्रस्त बनेको छ। गत शनिबार निकालिएको हिन्दूहरूरुको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न रहेको आरोपमा मंगलबार प्रहरीले तीन जना हिन्दू युवाहरूलाई नियन्त्रणमा लिएपछि तनाव उत्पन्न भएको हो। पक्राउ परेकाहरूलाई बिना शर्त रिहाइको माग गर्दै हिन्दूवादीहरू प्रदर्शनमा उत्रिएका छन्। 

मंगलबार साँझ ७:३० बजेतिर हिन्दूवादी संघसंगठनका अगुवाहरूले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएर धर्नामा बसेपछि उनीहरूलाई प्रहरीले लाठी चार्ज गरेर लखेटेको थियो। त्यसक्रममा दुई जना सञ्चारकर्मी घाइते भएका छन्। पत्रकार अर्जुन गुप्ताको टाउको फुटेको छ भने अर्का पत्रकार अनिल मिश्रको खुट्टामा चोट लागेको छ। उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट लखेटिएका हिन्दूवादीहरूले घण्टाघर, घडिहर्वा चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

गत शनिबार वीरगन्जको छपकैयामा हनुमान जन्मोत्सवको शोभायात्रामा झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न गत आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै मंगलबार बेलुकी पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हो।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो। तर, पक्राउको विरोधमा मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दूवादीहरूले प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो।

गत शनिबार वीरगन्जको घण्टाघरबाट सुरु भएको हनुमान जन्मोत्सवको शोभायात्रा छपकैयामा पुग्दा दुई फरक समुदायबीच झडप भएको थियो। उक्त झडपमा प्रहरीतर्फ २५ जना र प्रदर्शनकारीतर्फ १५ जना घाइते भएका थिए। त्यसबेला प्रहरीले १४५ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको थियो भने शनिबार बेलुकी ७:३० बजेदेखि आइतबार राति १२ बजेसम्म कर्फ्यु पनि लगाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.