बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, यी विषयमा हुँदैछ छलफल
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल सहभागी छन्।
बैठकमा सत्ता सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन र वैशाख १२ गते आह्वान गरिएको संसद बैठक सञ्चालनका विषयमा उनीहरूबीच छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएपछि उनीहरूले उठाउँदै आएको माग सम्बन्धमा पनि छलफल भइरहेको ती स्रोतको भनाइ छ। ‘मुख्यतः शिक्षकहरूको मागलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ। आगामी वैशाख १२ गते बस्ने संसद बैठक र समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।
प्रतिक्रिया दिनुहोस !