संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने- बाहिर हल्ला भएजस्तो सरकारमा समस्या छैन

संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने- बाहिर हल्ला भएजस्तो सरकारमा समस्या छैन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बाहिर हल्ला भएजस्तो सरकारमा समस्या नभएको बताएका छन्। बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुनै समस्या नभएको स्पष्ट पारेका हुन्।

‘बाहिर जुन किसिमको हल्ला चलेको छ। त्यस्तो समस्या सरकारमा छैन। दुई दलका नेताबीच त्यस्तो कुनै समस्या छैन। आज सौहार्द वातावरणमा दुई दलबीच छलफल भएको छ,’ उनले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वको सरकार छिट्टै ढल्ने र कांग्रेस नेतृत्वमा सरकार गठन हुने अभिव्यक्ति दिएपछि गृहमन्त्री लेखकले त्यस विषयमा विषयमा प्रष्ट पारेका हुन्। उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। 

आन्दोलनरत शिक्षकहरूको माग मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नै सम्बोधन गरेकाले प्रदर्शन रोकेर घर फर्किन उनले आग्रह गरे। वैशाख १२ गते आह्वान भएको सदन बैठकमा विद्यालयसम्बन्धी विधेयक प्रस्तुत गरिने उनले बताए। ‘शिक्षकहरूको माग सम्बोधन गर्न आउँदो संसद बैठकमा विधेयक प्रस्तुत हुने र उक्त मागका विषयहरू पनि सम्बोधन गरिनेछ,’ उनले भने। उनले बजेट अधिवेशन भए पनि सरकारले विद्यालयसम्बन्धी विधेयक अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.