सधैं बाह्य सहयोगको भरमा मुलुक रहिरहन हुँदैन : परराष्ट्रमन्त्री राणा

सधैं बाह्य सहयोगको भरमा मुलुक रहिरहन हुँदैन : परराष्ट्रमन्त्री राणा
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताइन्। 

मन्त्री राणाले सधैं बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने बताइन्। यसका लागि सही नीति बनाउनुपर्ने उनको भनाइ छ। 

आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहोल बिग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उल्लेख गरिन्। परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुँदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको आरोप लगाइन्।

उनले सञ्चारमाध्यमले राम्रा कुराको नभइ नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन्। राणाले मन्त्रीको कुर्सीमा भोलि जो पनि आउनसक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.