जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिन्छौं : मन्त्री यादव
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिने बताएका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नीति निर्माणमा जनआवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाम सुनिश्चित गरिने बताए।
'खानेपानी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौं,' उनले भने।
बोर्डले अघि सारेका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे। उनले थपे, 'खानेपानी क्षेत्रको सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता छ।'
प्रतिक्रिया दिनुहोस !