राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू रिहा

राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू रिहा
सुन्नुहोस्

काठमाडौं : सिंहदरबारमा प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रिहा गरेको छ। 

सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो। प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन सफल भए पनि जेका लागि आन्दोलन गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिए। 

उनले थप कार्यक्रम प्रकाशित गरेर आन्दोलन जारी राख्ने उल्लेख गरे। उनले राप्रपालाई साथ दिनेहरूलाई धन्यवादसमेत दिए। त्यसअघि आफ्ना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपाको आकस्मिक कार्यसम्पादन समितिको बैठक बसेको थियो। 

बैठकले शान्तिपूर्ण मान्यताबाट आफ्नो एजेन्डा स्थापित गर्न केन्द्रित हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले राप्रपामाथि राज्यले गरेको दमन अलोकतान्त्रिक भएकाले सरकारले आफ्नो शैली सुधार गर्नुपर्नेमा बैठकले जोड दिएको उल्लेख गरे।

आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.