गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले गठन गरेको सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। पूर्व गभर्नरसमेत रहेका भट्टराईले छनौट प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। 

राष्ट्र बैंकको गभर्नर नियुक्ति लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिको सदस्यमा डा. विश्वनाथ पौडेल र पुर्वगभर्नर विजयनाथ भट्टराई रहेका थिए।

भट्टराईले गभर्नर छनौट प्रक्रियामा नगएको र समितिको बैठकसमेत बस्न नसकिरहेको अवस्थामा आफू बस्न अनुकूल नभएको भन्दै राजीनामा दिएको अर्थ मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.