मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री

मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनु नपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफू अहिले बुढो नभएको र अस्वस्थ पनि नरहेको बताए। 

'कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ। अहिले म बिरामी छैन। अबको २०-२५ वर्षपछि बुढो हुन्छु। कसैले हतार गरेर हुँदैन। मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन। केपी ओली बिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,' उनले भने। 

उनले एमाले बिनाको देशको कल्पना नगर्न आग्रह गरे। 'केपी ओली बिनाको एमाले किन खोजेको होला? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ। एमाले बिनाको नेपाल हेरौँला, मिसन २०८४ मा। हामी झन् बलियो भएर आउनेछौं,' उनल थपे। 

प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरुले कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीहरूबाट परिचालित भएर दुई तिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरुले आन्दोलनलाई पुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको बताए।

'हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौं। बिग्रिएको स्थिपितलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौं। हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहन्छौं। आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरुपमा ल्याउँदैछौं,' उनले भने। 

प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्याण्डमा भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको अवगत गराउँदै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.