प्रचण्ड लक्षित ओलीको अभिव्यक्ति- १५ महिनापछि शेरबहादुरजीलाई साथ दिए भो त (भिडियो)

प्रचण्ड लक्षित ओलीको अभिव्यक्ति- १५ महिनापछि शेरबहादुरजीलाई साथ दिए भो त (भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १५ महिनापछि राजीनामा दिने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई १५ महिना पर्खिन आग्रह गरेका हुन्।

'नयाँ शक्तिहरूले भनेछन्, शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्थ्यो। मैले भन्ने गरेको छु त, १५ महिनापछि राजीनामा आउँछ। नेपाली कांग्रेससँग हाम्रो सहमति नै त्यही छ। राजीनामा हेर्न मन छ भने १५ महिना पर्खिनुस्,' उनले भने।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' केन्द्रित अभिव्यक्ति पनि दिए। प्रचण्डले छिट्टै सरकार ढल्ने र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अभिव्यक्ति दिँदै आएका छन्। सोही अभिव्यक्तिको जवाफमा ओलीले १५ महिनापछि साथ दिन आग्रह गरेका हुन्।

'हामी साथ दिन्छौं। हामी सहयोग गर्छौं। तपाईँ नै सरकार चलाउनुस्। १४-१५ महिना पर्खिनुस् न। उहाँ (देउवा)लाई नै हो प्रधानमन्त्री बनाउने। त्यतिबेला साथ दिनुस् न। सहयोग गर्नुस्। हल्ला चलाइरहेका छन्। बैंकबाट आएपछि शेरबहादुरजी प्रधानमन्त्री भनेर,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.