शिक्षकको माग पूरा गर्न माओवादीको माग
काठमाडौं : काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकको माग पूरा माओवादी केन्द्रले सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनरत शिक्षकलाई नहोच्याउन आग्रहसमेत गरे। 'सरकारले शिक्षकहरूलाई होच्याउने र अपमानित गर्नुभन्दा शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर उनीहरूका जायज माग पूरा गर्न हाम्रो आग्रह छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !