पहलगाम घटना

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन्। जम्मू कश्मीरको पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन संवाद गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी भएको र मृतकप्रति संवेदना प्रकट गरेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले दुःखद घडीमा नेपाल भारतको साथमा रहेको बताएका छन्।

उनले आतंकवादविरुद्ध लड्न नेपाल सधैं भारत साथमा उभिने प्रतिवद्धता जनाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। घटनामा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको थियो। उनी कश्मिर घुम्न गएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.