निजामती  विधेयकको प्रारम्भिक बुँदाहरू पारित

निजामती  विधेयकको प्रारम्भिक बुँदाहरू पारित
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक बुँदाहरू पारित गरेको छ। 

विधयेकमाथि छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावना र नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। जसअनुसार विधेयकको प्रस्तावनामा रहेको उत्तरदायी भन्ने शब्दको सट्टा जनउत्तरदायी, समावेशी, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री शब्द राख्ने तथा सुशासनमुखी भन्ने शब्दमा सुशासनयुक्त शब्द राख्ने प्रस्ताव अनुमोदन भएको छ। 

त्यस्तै विधेयकको नाममा रहेको २०८० लाई २०८२ बनाउने सहमति भएको छ। अन्य विषयमा क्रमशः छलफल गर्दै सहमतिका साथ विधेयकलाई अघि बढाउने सभापति खतिवडाले जानकारी दिए। उनले संसदको अबको अधिवेशनमा नै लैजाने गरी विधेयक पारित गर्ने बताए।

सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो। कर्मचारी संगठनहरूले भने आफूहरूसँग यसअघि भएका सहमतिका आधारमा विधेयक अघि बढ्नुपर्ने अडान राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.