प्रधानमन्त्री ओली र भारतीय विद्युतमन्त्री भट्टरबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
त्यस्तै उनीहरूबीच दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा छलफल भएको थियो। भारतीय मन्त्री भट्टरले अरुण-३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए। उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले प्रतिवद्धता जनाएका थिए।
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस !