शिक्षा मन्त्रीमा रघुजी पन्त, सपथग्रहण भोलि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई बनाउने तयारी गरेका छन्। शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेका हुन्।
सम्भवतः पन्तले भोलि (बिहीबार) सपथग्रहण गर्ने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। स्वास्थ्यको कारण देखाउँदै भट्टराईले गत सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएकी थिइन्।
प्रतिक्रिया दिनुहोस !