सरकारलाई असहयोग गरेपछि प्रधानमन्त्रीले गरे ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। सरकारलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
कांग्रेसकै उर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री तामाङबीच खटपट भइरहेको थियो। उनीहरुबीच मन्त्रालयमा तालमेल नमिलेपछि तामाङलाई कांग्रेसले राजीनामा दिन आग्रह गरेको थियो।
बुधबार पनि गृहमन्त्री रमेश लेखकलले राजीनामा दिन सुझाव दिएका थिए। तर उनले राजीनामा नदिएपश्चात प्रधानमन्त्री ओलीलाई राज्यमन्त्रीबाट हटाउन कांग्रेसले सहमति दिएको हो।
कांग्रेस जिल्ला सभापतिसमेत रहेका तामाङ रामेछापबाट निर्वाचित सांसद हुन्।
प्रतिक्रिया दिनुहोस !