असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउनुपर्छ : सभामुख

असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउनुपर्छ : सभामुख
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन अपिल गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । 

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने उल्लेख गरे। उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम,बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे । 

संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण,सुशासन,जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ । प्रतिनिधि सभाको छैटौं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामती लगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.