पार्टीका नेता-कार्यकर्ता सबैले आत्मालोचना गरेर अगाडि बढौं : प्रचण्ड

पार्टीका नेता-कार्यकर्ता सबैले आत्मालोचना गरेर अगाडि बढौं : प्रचण्ड
सुन्नुहोस्

गुलरिया : सरकारले जनता र राष्ट्रको पक्षमा काम नगरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन्। बर्दियाको राजापुरमा हुलाकी राजमार्गमा संचालित तराई-मधेस जागरण अभियानअन्तर्गत अयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार दिन प्रतिदिन जनविरोधी र भ्रष्टाचारी प्रमाणित भइरहेको जिकिर गरे।

सरकारले भ्रष्टाचारीलाई बचाउन देशका राम्रा व्यक्तिहरूको अपमान गरेको बताउँदै जायज माग लिएर आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई अपमानित तथा गाली गर्ने काम आन्दोलनमा चरम दमन गरेको बताए। शिक्षकहरूको धेरै माग नरहेपनि आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग सम्झौता भएको ऐन बनाउने सामान्य मागसमेत सरकारले सम्बोधन गर्न नसकेको अध्यक्ष दाहालले प्रष्ट्याए। 

भूमिगतकालमा पटक-पटक राजापुर आएको स्मरण सुनाउँदै शान्ति सम्झौतापछि राजापुर क्षेत्रका जनताले आमूल विकासको महसुस गरेको बताए। माओवादी पार्टीले द्वन्दकालमा लिएको विचार पछि विस्तारै खुकुलो भएको र पार्टी आफ्नो उद्देश्यबाट भड्किएको स्विकार गरे। पछिल्लो समय नेता बिग्रिएको तर जनता नबिग्रिएको बताउँदै नेता दाहालले नेताहरू सच्चिनुपर्ने औँल्याए। सबैले संकल्प गरे सच्चिन कुनै कठिनाई नहुने उनको भनाइ छ। 

पार्टीभित्र नेता कार्यकर्ताहरूले आ-आफ्ना कमीकमजोरी पहिल्याई आत्मालोचना गर्नुपर्ने उनको सुझाव छ। जनताले जनयुद्धका बेला आफूलाई नेता मानेको र अहिले पनि मानिरहेकाले पार्टी भित्रको खुट्टा तान्ने प्रवृत्तिलाई अन्त्य गर्न अपील गरे। सहिद बेपत्ता परिवारसँग नियमित भेटघाट गरी उनीहरूमा पीडा सुन्न नेता कार्यकर्ताहरूलाई अध्यक्ष दाहालले आग्रह गरे। अभियानका क्रममा माओवादी पार्टीका नेता कार्यकर्तासहित बर्दिया आएका दाहालले राजापुरमा कर्णाली नदीबाट हुने कटान नियन्त्रण र ब्यवस्थापन गर्न अन्तिम सम्म लडिरहने प्रतिबद्धता ब्यक्त गरे। 

सो क्षेत्रमा रहेको मानव-बन्यजन्तु द्वन्द्व, नियन्त्रणसँगै अब्यवस्थित बसोबासी र सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे। भन्सार ब्यवस्थापनमा पहल कदमी लिईरहेको उनको भनाइ छ। अभियानका क्रममा बर्दिया आएका अध्यक्ष प्रचण्डले राजापुरमा नवर्निमित वडा नम्बर ६ को कार्यालय र राजापुर नगर कवर्ड हलको समुद्घाटन गरेका छन्। पार्टीको राजापुर नगर कमिटिले आयोजना गरेको अभियानलाई सोमबार सम्बोधन गरेका दाहाल पूर्व सन्ध्यामै बर्दिया आई खैरापुरस्थित कार्यकर्ताको घरमा भेटघाट गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.