गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा सुनुवाइ सकियो

गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा सुनुवाइ सकियो
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको हो।

थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयोजित एक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले 'डिल'गरेको अभिव्यक्ति दिएपछि अदालत अवहेलना मुद्दा दायर भएको हो।

थापाले आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्ति नगरेको भन्दै अदालतले डिल गर्‍यो भने अब यसको विश्वसनीयता के रहन्छ ? भन्दै प्रश्न समेत गरेका थिए। 

उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल,प्रतिभा उप्रेती र विशाल थापाले  थापाविरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका हुन्।

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवाद सर्वोच्चमा विचाराधीन अवस्थामा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.