जाजरकोटको बडावनमा आँखा उपचार केन्द्र स्थापना
जाजरकोट : पश्चिम जाजरकोटको छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना भएको छ। नेपाल रेडक्रसद्वारा सञ्चालित आँखा अस्पताल सुर्खेतको सहकार्यमा वडा नं ५ बडावन फुर्किचौरमा नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको हो।
आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग तथा छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुनेछ। उपचार केन्द्र एक कार्यक्रमका बीच सोमबार नगर प्रमुख रत्न बहादुर खड्काले उद्घाटन गरे। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं सुर्खेत आँखा अस्पताल सञ्चालन समिति संयोजक रामलाल आचार्य र नगरप्रमुख खड्काले आँखा उपचार सञ्चालन समझदारी पत्रमा हस्ताक्षर गरेर सम्झौता गरेका छन्।
केन्द्र स्थापनासँगै नगरपालिकाको सबै वडाहरूबाट शिविर मार्फत स्क्यानिङ भएका १५० जना आमा बुवाको मोतियाविन्दु शल्यक्रिया शिविर समेत सुरु भएको छ। नेत्र विशेषज्ञ डा मञ्चु पन्तको टिमले शल्यक्रिया गरिरहेको छ।
आँखा उपचार केन्द्र स्थापना सँगै पश्चिम जाजरकोटवासीलाई आँखा सम्बन्धी उपचारमा सहजता आउने विश्वास लिइएको छ। यस अघि सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो।
प्रतिक्रिया दिनुहोस !