अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अब नयाँ स्वरूपमा
अमेरिका : नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब “अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ” (INLA) नयाँ स्वरूपमा अघि बढ्ने भएको छ। संस्थाले मिति अप्रिल २८ देखि नयाँ स्वरूपमा अघि बढ्ने घोषणा गरेको हो।
सन् २०२३ मा अमेरिकामा स्थापना गरिएको संघले प्रारम्भमा प्रवासी नेपाली गीतकारहरूलाई लक्षित गरे पनि अहिले विश्वभर फैलिएका सर्जकहरूलाई समेट्दै अन्तर्राष्ट्रिय कार्यक्षेत्र बनाउने निर्णय लिएको हो।
संघले गीत लेखन प्रशिक्षण कार्यक्रम, करिब ५२ जना गीतकारहरूको संयुक्त गीति संग्रह “नेपाली मूल प्रतिको फूल”, र INLA ज्ञानेन्द्र गदाल गीत सम्मान जस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सम्मान पहिलोपटक वरिष्ठ गीतकार नीर शाहलाई प्रदान गरिएको थियो।
संघले आफ्नो पहिलो साधारण सभामा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थालाई सुदृढ बनाउने रणनीति अघि सारेको हो।
प्रतिक्रिया दिनुहोस !