सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड

सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्छु : प्रचण्ड
सुन्नुहोस्

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारत सीमामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

तराई–मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेका अध्यक्ष प्रचण्डले सीमानाका,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका हुन्। उनले भने,'नेपाल–भारत सीमामा देखिने समस्या, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि म विपक्षी दलको नेताको हैसियतमा गर्न सकिने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु।'

तराई–मधेश जागरण अभियानअन्तर्गत बेलौरी पुगेको माओवादी केन्द्रको अभियान टोलीलाई सम्मान गरिएको थियो। कार्यक्रमको क्रममा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले अध्यक्ष प्रचण्ड समक्ष नगरका समस्या र आवश्यकताहरू समेटिएको ज्ञापनपत्र पेश गरेका थिए।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय जनप्रतिनिधि र जनताको सद्भावपूर्ण स्वागतप्रति आभार प्रकट गर्दै बेलौरीका समस्या समाधान र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भने,'बेलौरी नगरपालिकामा म यसअघि पनि विभिन्न कार्यक्रमका अवसरमा आएको छु। यहाँका समस्याहरू बारे म जानकार छु।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.