पशुपति क्षेत्र विकास कोष ऐन समयसापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री

पशुपति क्षेत्र विकास कोष ऐन समयसापेक्ष परिमार्जन हुन्छ : पर्यटनमन्त्री
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले अब चाँडै नै उक्त मस्यौदालाई मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरे।

पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रियरुपमा चिनाएको बताए। मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्‍याए । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता व्यक्त गरे।

पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको बताउँदै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरुको आवश्यकता औंल्याए । त्यसैगरी उनले विश्व सम्पादा सूचीमा सुचिकृत लुम्बिनी विकाष कोष र पशुपति विकास कोषबीच एक आपसमा सहकार्यसहित अघि बढ्नुपर्नेमा जोड दिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.