कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगता सम्पन्न,लामाले जिते कोपनहेगन ट्रिप

कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगता सम्पन्न,लामाले जिते कोपनहेगन ट्रिप
सुन्नुहोस्

काठमाडौं : कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा कार्ल्सबर्ग गल्फ क्लासिक प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ प्रतियोगितामा कूल १०० गल्फरहरूले भाग लिएका थिए।

प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।
कार्ल्सबर्ग गल्फ क्लासिकु प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रिप पनि पुरस्कार स्वरूप पाए । त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते।

त्यसैगरी महिलातर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन्। सिनियरतर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिलातर्फ उपविजेता बनिन्। त्यसैगरी छेवाङ शेर्पाले  कोल्जेस्ट टु द पिनु अवार्ड जिते भने प्रकाश गुरुङले लङगेस्ट ड्राइभुको उपाधि जितेका थिए । 

त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.