मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
सुन्नुहोस्

कालिकोट : खाँडाचक्र नगरपालिकाको -३ ताडीमा  मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका -३ ताडि निवासी  ४० वर्षीय धनकृष्ण पाण्डेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आइतबार साँझ करिब ८ बजेर ३० मा मोटरसाइकल चालक धनकृष्ण पाण्डेको मृत्यु भएको बताए।

उनले भने कर्णाली प्रदेश ०२००२ प ५८७६ नम्बरको मोटरसाइकल चालक ताडीको स्थानीय हाटबजारबाट  घर जाने क्रममा तिला कर्णाली बहुमुखी क्याम्पस नजिकको तल्लो मोडमा दुर्घटना हुँदा घाइते पाण्डेलाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

गम्भीर घाइते पाण्डेलाई जिल्ला अस्पताल कालिकोटमा उपचार सम्भव नभएपछि  प्रादेशिक अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।  पाण्डेको टाउकोमा गम्भीर चोट लागेको थियो।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.