विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिन काठमाडौं महानगरको निर्देशन
काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिन सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। महानगरको शिक्षा विभागले आज सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्र पठाउँदै शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो।
विद्यार्थीले विद्यालयमा नेपाली भाषामा संवाद गरेमा दण्डित वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देश समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस !