सामुदायिक स्कुल : जहाँ भर्ना हुन प्रवेश परीक्षा पास गर्नुपर्छ

सामुदायिक स्कुल : जहाँ भर्ना हुन प्रवेश परीक्षा पास गर्नुपर्छ
सुन्नुहोस्

डडेल्धुरा :  डडेल्धुराको एक सामुदायिक विद्यालयमा प्रवेश परीक्षा पास गरेपछि मात्रै विद्यार्थी भर्ना लिने गरिन्छ । जिल्लाको सदरमुकाममा रहेको महेन्द्र माध्यमिक विद्यालयमा अन्य विद्यालयबाट भर्ना हुन आउने विद्यार्थी प्रवेश परीक्षामा पास भएपछि मात्रै भर्ना लिने गरिएको हो।

बुधबार महेन्द्र माविमा अध्ययन गर्नका लागि २ सय २३ जना नयाँ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । उनीहरूको पारिवारिक अवस्था, पढाइृको गुणस्तर, अनुशासन र लगनसिलता हेरी प्रवेश परीक्षामा पास हुने विद्यार्थीलाई मात्रै छनौट गरि भर्ना गरिने विद्यालयले जनाएको छ।

प्रवेश परीक्षा दिने अधिकांश बालबालिका नीजि तथा आवासीय विद्यालय छोडेर आउने गरेको महेन्द्र माविका शिक्षकहरूले बताए। अहिले कक्षा २ देखि ९ सम्म भर्ना हुन आउने विद्यार्थीको भीडभाडले विद्यालयको लोकप्रियता मात्रै देखिएको छैन आन्तरिक रुपमै शैक्षिक गुणस्तरमा सुधार हुँदा अभिभावक र विद्यार्थीको रुचि महेन्द्र मावि भएको उक्त विद्यालयका शिक्षक अशोक बमले बताए ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरका अनुसार,शैक्षिक गुणस्तर,नियमित मूल्याङ्कन, अतिरिक्त क्रियाकलाप र अभिभावकसँगको घनिष्ठ संवाद र विद्यालयको चौतर्फी विकास तथा सुधारका कारण विद्यालयप्रतिको विश्वास बढेको हो । उनले भने,'हामीले शिक्षालाई परिणाममुखी बनाउन प्रयास गरिरहेका छौं। जसले केही वर्षयताको शैक्षिक गुणस्तर र विद्यार्थी तथा शिक्षक कर्मचारीमा भएको विषयवस्तु र कक्षाकोठा प्रतिको लगनशिलताको उपज शैक्षिक सत्रको सुरुवातमा नै विद्यार्थीको चाप बढेको कुराले प्रमाणित गरेको छ।'

महेन्द्र माविले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म दुईवटै माध्यममा पठनपाठन सुरु गरेपछि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फेरिएको शिक्षकहरूको भनाइ छ।  जसका कारण विद्यार्थीको चाप धेरै हुँदा प्रवेश परीक्षा लिन बाध्य भएको शिक्षक बलमे बताए ।

केही वर्षअघिसम्म निजी र आवासीय विद्यालयलाई मात्र उत्कृष्ट शिक्षाको केन्द्र मान्ने अभिभावकहरू पछिल्लो समय सरकारी विद्यालयतर्फ आकर्षित हुन थालेका छन् । आर्थिक र शैक्षिक गुणस्तरका हिसाबले  सामुदायिक सरकारी विद्यालय अभिभावकको पहिलो रोजाइमा परेको हो। 

शिक्षक बम भन्छन्,'अब अंग्रेजी पढाउन निजीमा पठाउनु पर्दैन भन्ने छैन। कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध भएपछि अभिभावकहरू आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पठाउन थालेका हुन् ।'
बढ्दो विद्यार्थी चापका कारण कक्षाकोठा र शिक्षक अभावको चुनौती थपिए पनि विद्यालय व्यवस्थापनले त्यसको समाधानमा अग्रसरता देखाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.