भारत-पाकिस्तान सीमामा गोलाबारी
काठमाडौं : भारत-पाकिस्तान सीमामा गोलाबारी सुरू भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले भारतीय जम्मु कश्मीरको सीमा क्षेत्रमा गोलाबारी गरेको हो।
शुक्रबार राति पाकिस्तानले साम्बा, पठानकोट, कुपडाव, उरी, नावगाम, हंडवाडलगायत सीमा क्षेत्रमा गोलाबारी गरेको हो। भारतीय पक्षले त्यस क्षेत्रमा ब्लाक आउट गरेको छ भने भारतीय डीफेन्स सिस्टमलाई एक्टिभ गरिएको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्। भारतले त्यसविरुद्ध जवाफ कारबाही पनि सुरु गरेको बताइएको छ।
बिहीबार पनि रात साँझ परेलगत्तै पाकिस्तानले सो क्षेत्रमा आक्रमण गरेको थियो। भारतले पाकिस्तानको ३-४ ड्रोनलाई निस्तेज पारेको दाबी गरेको थियो।
प्रतिक्रिया दिनुहोस !