निर्माण हुँदै गरेको ठेडिखोलाको पुल भाँचियो
रामेछाप : मन्थली नगरपालिका ६ र ७ जोड्ने तामाकोशी नदी माथिको ठेडिखोला पुल शुक्रबार भाँचिएको छ। निर्माणको अन्तिम चरणमा रहेको ५४ मिटर लामो अन्तिम स्पानको ढलान सकिएको केही दिनमै उक्तपुल भाँचिएको हो। भाँचिएको भाग पनि त्यही अन्तिम स्पान नै हो।
संघीय सरकारको सडक विभागको पुल महाशाखाले उक्त पुल निर्माण गरेको हो। २ सय ३० मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण अन्तिम चरणमा थियो। २०८२ असार मसान्तसम्म पुलबाट सवारी आवागमन खुलाइने तयारी निर्माण कम्पनीले गरेको थियो।
पुल निर्माणका लागि २०७८ सालमा ठेक्का लागेको हो। उक्त पुल कालिका-कल्पवृक्ष जेभीले बनाउँदै थियो। कुल ४ स्पान भएको उक्त पुल निर्माणका लागि २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता भएको थियो।
पुल भाँचिनुको कारण खुलेको छैन। निर्माण व्यवसायीले तत्कालै साइटमा विज्ञ टोली ल्याएर पुल क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !