हङकङमा प्रेमील जोडीको अविरल माया

हङकङमा प्रेमील जोडीको अविरल माया
सुन्नुहोस्

हङकङ : भद्रकला आङ्बुहाङ राई गीतकारमा स्थापित नाम हो। दर्जनौं गीतका शब्दमा उनले मानव प्रेमका अवयवहरूलाई उतारेकी छिन्। कहिले सुख, दुःख त कहिले प्रेमका भाव गीतमा उत्कृष्ट संगीतसँगै प्रस्तुत गरेकै कारण उनका दुई दर्जन बढि गीतहरू सुपरहिट बनेका छन्।  

भद्रकलाले रचना गरेका ‘मैले मायाले दिएको चिनो, एक्लोपन, बाध्यताले, तिम्रो यादमा’ लगायत चर्चित छन्। उनले एकल गीत संग्रह अजम्बरी बजारमा ल्याइसकेकी छिन्। गायक राजेशपायल राई, दीपक लिम्बु, प्रमोद खरेल, अञ्जु पन्त, आस्था राउत, रजिना रिमाल लगायत चर्चित गायक गायिकाको आवाजमा उनका शब्द रेकर्डिङ भइसकेका छन्। 

भद्रकलाले गीत मात्र लेख्ने हैन, उत्कृष्ट संगीत र गायनसँगै भिडियो निर्माणमा पनि उत्तिकै चर्चा कमाएकी छिन। उनको गीतको भिडियोमा चर्चित कलाकारहरू रेश मरहठ्ठा, झरना थापा, केकी अधिकारी लगायत फिर्चड भइसकेका छन्।  

भद्रकलाले भर्खरै मात्र एउटा गीतको भिडियो सार्वजनिक गरेकी छिन, अविरल माया। ठूलो लगानी, व्यावसायिक टिमले तीन दिन लगाएर उत्कृष्ट भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा उनले श्रीमान प्रकाश राई र दीपा सुहाङ् लिम्बुलाई प्रस्तुत गरेकी छिन्। आफ्नो प्रेमील शब्दमा आफ्नै श्रीमानले रोमान्स गरेको हेर्न सक्नुहुन्छ ? भद्रकला भन्छिन् ‘मेरो शब्दको भाव सबैभन्दा धेरै उहाँले नै बुझ्नु हुन्छ।’ अभिनयमा सोख भएका प्रकाशले पनि भद्रकलाद्वारा लिखित ३ वटा भिडियोमा अभिनय गरिसकेका छन्। 

सुरेश लामा र सविना योङहाङ लिम्बुको आवाज र सञ्जिव बराईलीको संगीतमा तयार भएको अविरल माया गीतको भिडियोलाई हङकङको शुन्दर लोकेशनमा छायाङ्कन गरिएको छ। सयौं युजिक भिडियो र चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक युगलपोमो लिम्बुले गीतको थिमलाई प्रेमील बनाएका छन्। पोमो भन्छन्, ‘हामीले गीतको शब्द, भावलाई लोकेशन र अभिनयमा प्रस्तुत गर्ने प्रयास गरेका छौं। फिल्मी अदाको भिडियो र संगीतमा सबैले प्रेमील भाव पाउनुहुनेछ।’

हङकङको प्राकृतिक र भव्य लोकेशनलाई भिडियोमा कैद गरेका सिनेमेटोग्राफर मज्जाको राई भन्छन्,‘बजारमा भएका सयौं भिडियो मध्ये यो विशेष छ। हामीले प्राविधिक रूपमा अत्यधिक मेहनत र भरपुर प्रयास गरेका छौ।’ भद्रकला आङ्बुहाङ राईको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भिडियोलाई अनिलकुमार महर्जनले सम्पादन गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.