भारतले भन्यो- पाकिस्तानको आग्रहमा युद्धविराम भएको हो, अमेरिकी मध्यस्थताले होइन

भारतले भन्यो- पाकिस्तानको आग्रहमा युद्धविराम भएको हो, अमेरिकी मध्यस्थताले होइन
सुन्नुहोस्

काठमाडौं : भारतले पाकिस्तानको आग्रहमा युद्धविराम भएको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साप्ताहिक पत्रकार सम्मेलनका क्रममा मंगलबार अमेरिकासँग युद्धविरामका विषयमा कुनै छलफल नभएको बताएका छन्। 

'पाकिस्तानसँग युद्धविराम गर्नेबारे मध्यस्थता गर्न अमेरिकासँग कुनै छलफल भएको छैन,' प्रवक्ता जयसवालले भने। पाकिस्तानी सेनाको आग्रहमा युद्धविराम भएको उनको भनाइ छ। 

'मे १० मा जब भारतले पाकिस्तानको एयरबेसमा आक्रमण गर्‍यो। त्यसपछि पाकिस्तानको उच्चस्तरीय आयोगले १२:३७ मा भारतको विदेश मन्त्रालयमा आग्रह पठायो। पाकिस्तानको डीजीएमओले पनि भारतसँग सम्पर्क बनाउने प्रयास गर्‍यो। प्राविधिक कारणले त्यतिबेला सम्पर्क हुन सकेन। ३:३० बजे दुवै देशका डीजीएमओबीच कुराकानी भएपछि युद्धविराम गरिएको हो,' उनले भने।

विदेश मन्त्रालयका प्रवक्ता जयसवालले अमेरिकी नेतासँग भने सम्पर्क भएको बताए। उनका अनुसार अमेरिकी नेताहरूले मे ७ र १० मा भारतीय पक्षसँग कुराकानी गरेका थिए। त्यतिबेला पनि व्यापारका विषयमा पनि कुनै छलफल नभएको प्रवक्ता जयसवालको भनाइ छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पाकिस्तान पक्षको आग्रहमा युद्धविराम भएको बताएका थिए। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको आग्रहमा 'अपरेसन सिन्दुर' स्थगित गरेको बताएका थिए। पाकिस्तानले गर्ने व्यवहारअनुसार आगामी रणनीति तय गरिने र भारतीय सुरक्षा निकायहरू उच्च मनोबलका साथ अलर्टमा रहेको उनको भनाइ थियो।

प्रवक्ता जयसवालले सिन्धु जल सन्धिमाथि लगाइएको प्रतिबन्ध पनि कायम रहने बताए। पाकिस्तानले जबसम्म आतंकवादलाई समर्थन गरिरहन्छ, त्यतिबेलासम्म उक्त सन्धि निलम्बित रहने उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्समार्फत भारत-पाकिस्तानबीच युद्धविराम हुन लागेको घोषणा गरेका थिए। लगत्तै भारत र पाकिस्तान दुवै पक्षले युद्धविराम भएको घोषणा गरेका थिए। अमेरिकी विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रोबियोले युद्धविरामका लागि निरन्तर पहल गरेको उल्लेख गरेको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.