भीम रावललाई प्रचण्डको आग्रह : समय खेर नफाल्नुस्, माओवादी केन्द्रसँग सहकार्य गर्नुस्

भीम रावललाई प्रचण्डको आग्रह : समय खेर नफाल्नुस्, माओवादी केन्द्रसँग सहकार्य गर्नुस्
सुन्नुहोस्

अछाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न भीम रावललाई आग्रह गरेका छन्। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीसँग सहकार्य गर्न आग्रह गरेका हुन्। 

उनले भने, ‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, उहाँसग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो। मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस् हामी बसेर कुरा गरौं, सहकार्य गरौं भने। जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु।’ 

अध्यक्ष प्रचण्डले अछामको सेती राजमार्ग, बुढीगंगा हाईडोपावर, बयालपाटा अस्पताललाई उचित बजेट विनियोजनका लागि पहल गर्ने बताए। उनले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भएकाले २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल गरे। माओवादी जययुद्धका क्रममा आधार ईलाका मानिएको रामारोशन गाउँपालिकाका महिलाहरूले देउडा गीतमार्फत अछामको विकास र जनयुद्धका बेला घाइते शहिद परिवारलाई उचित व्यवस्थाको माग गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.