बजेटअघि धमाधम भित्रिए ईभी

बजेटअघि धमाधम भित्रिए ईभी

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारी साधनको आयात ४५.९० प्रतिशतले वृद्धि भएको छ । साउनदेखि वैशाखसम्म ४२ हजार १ सय २ वटा विद्युतीय सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । जबकि गत आवको सोही अवधिमा २८ हजार ८ सय ५६ वटा विद्युतीय सवारी आयात भएका थिए । भन्सार विभागका अनुसार गत वर्षको तुलनामा यो वर्ष १३ हजार २ सय ४६ वटा थप विद्युतीय सवारी भित्रिएका छन् ।

यस वर्ष ईभी सवारी साधन आयातमा ३३ अर्ब ३२ करोड २१ लाख ६६ हजार रुपैयाँ बाहिरिएको छ । जुन, गत वर्षको तुलनामा २७.९२ प्रतिशतले बढी हो । गत आवको वैशाखसम्म २६ अर्ब ४ करोड ९५ लाख ९८ हजार रुपैयाँ हाराहारीका ईभी खरिद गरिएका थिए । 

ईभी आयातकर्ताहरूले चालु आवमा १७ अर्ब ४७ करोड २० लाख रुपैयाँबराबर भन्सार राजस्व तिरेका छन् । गत वर्ष सोही अवधिमा १० अर्ब ९२ करोड ७० लाख ७६ हजार रुपैयाँ ईभीको भन्सारबाट सरकारलाई राजस्व आम्दानी भएको थियो । यसपटक सरकारलाई विद्युतीय सवारीबाटको राजस्व पनि गत आवको भन्दा ५९.९० प्रतिशत अर्थात् ६ अर्ब ५४ करोड ४९ लाख ९७ हजार रुपैयाँले वृद्धि भएको छ ।  सरकारले ईभीलाई वातावरणमैत्री भन्दै आयातमा प्रोत्साहन गर्दै आएको छ । प्रोत्साहन गरेकै कारण अन्य सवारीलाई जस्तो ईभीको भन्सारमा सरकारले धेरै कसेको छैन । 

तर, अब सरकार आगामी आवको बजेट तयारीमा लागिरहेकाले अब ईभीको भन्सार दर बढाउने हो कि भन्नेमा व्यवसायीहरू सशंकित छन् । यसैले पनि गत आवको भन्दा अहिले ईभीको आयात बढेको होकी भन्ने अनुमान गरिएको छ । सामान्यतया बजेट आउनुअघि धूमपान, मध्यपान र विलासिताका वस्तुहरूमा सरकारले बर्सेनि करका दर बढाउने गरेको छ । 

सोही प्रवृत्तिले गर्दा यस्ता वस्तुहरू बजेटआउनु अघि नै आयात बढी हुने गरेको देखिन्छ । व्यवसायीहरू पनि सरकारले कर बढाउने डरले अगाडि नै बढी सामान मगाउने र जेठ १५ मा बजेटसँगै आर्थिक ऐनले कर बढाएपछि ग्राहकलाई भने बढेको करको भाउमा बिक्री गर्ने गरेको नयाँ विषय भने होइन । 

१० मुलुकबाट ईभी, चीनबाट मात्रै ८२ प्रतिशत चालु आवको वैशाखसम्म विभिन्न १० मुलुकबाट ईभी गाडी भित्रिएका छन् । 

भन्सारविभागको तथ्यांकअनुसार भारत, चीन, जापान, सेनेगल, इन्डोनेसिया, अमेरिका, दक्षिण कोरिया, थाइल्यान्ड, जर्मन, मलेसिया, कतार सिंगापुर, ताइवान र हङकङबाट मुलुकमा विद्युतीय सवारी भित्रिएका छन् । उक्त मुलुकबाट ईभीका दुई पाङ्गे्र स्कुटरदेखि ४ पाङ्ग्रे (जिप, कार, भ्यान) र बसहरू आयात भएका छन् ।  सबैभन्दा धेरै चीनबाट आयात भएको देखिन्छ । १० मुलुकबाट ४२ हजार हाराहारीमा विद्युतीय गाडि भित्रिएका छन् । 

चीनबाट मात्रै ३४ हजार ७ सय ५५ संख्यामा विद्युतीय सवारी भित्रिएका छन् । कुल आयातमा चीनबाट भित्रिएका ईभीको हिस्सा ८२.५५ प्रतिशत रहेको छ ।  यस्तै, भारतबाट मात्रै ७ हजार १ सय ५० ओटा ईभी भित्रिएका छन् । यो कुल आयातको १६.९८ प्रतिशत हिस्सा हो । 

०००

निर्यातमा सुधार, व्यापार घाटा भने साढे १२ खर्ब

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आवको  वैशाख मसान्तसम्म  व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ रहेको छ ।  गत आवको सोही अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको थियो । 

गत आवको तुलनामा ६.७२ प्रतिशतले व्यापारघाटा बढेको छ । तर, नेपालको अर्थतन्त्र लामो समयदेखी आयातित बस्तुमै निर्भर रहयो । जसले गर्दा निर्यातको हिस्सा कुल आयातको करिब १० प्रतिशत हाराहारीमा मात्रै हुने गरेको छ । १ लाख रुपैयाँको आयात गर्दा १० हजार रुपैयाँ मात्रै निर्यात गर्न सकेको देखिन्छ । यसैकारणले नेपालले सधंै व्यापार घाटा व्यहोर्नु परेको हो ।गत आवको वैशाखमा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख आयात भैरहँदा चालु आवमा भने झन् बढेर कुल आयात १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको भएको छ । आयात वार्षिक १३.११ प्रतिशतले बढेको छ ।  यद्यपि पछिल्लो समय निर्यातमा भने झिनो सुधार भएको देखिन्छ । गत आवको तुलनामा चालु आवको वैशाखसम्ममा निर्यात ७२.७१ प्रतिशतले बढेको छ ।

गत वर्षको १० महिनामा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । यसपटक २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँको निर्यात भएको छ । यसअनुसार गत वर्षको तुलनामा ९१ अर्ब ७३ करोड ७५ लाख ११ हजार रुपैयाँले निर्यात बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.