भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने रास्वपाको अडान कायमै

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने रास्वपाको अडान कायमै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ। पार्टी कार्यालय वनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो।

गृहमन्त्रीमाथि प्रश्न उठेकाले सरकारको अभिभावकको रूपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए।  

त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो। त्यस्तै सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि विभिन्न कमिटी गठन गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.