शिकार खेल्न जाँदा साथीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

शिकार खेल्न जाँदा साथीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

दैलेख : भरुवा बन्दुकको छर्राले लागेर दैलेखमा एकजनाको ज्यान गएको छ । महाबु गाउँपालिका -४ प्रिखोलाका ३४ वर्षीय पूर्णबहादुर थापा सलामी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी लालबहादुर सुनारका अनुसार ती व्यक्ति सिकार खेल्ने गएको अवस्थामा भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

स्थानीय बतासे भन्ने ठाउँमा सिकार खेलेर घर फर्किके क्रममा काप्रिखोलाका ३० वर्षीय सूर्यबहादुर थापा बलामी लड्दा उनले बोकेको भरुवा बन्दुक पड्किँदा साथमै रहेका मगरको छातिमा छर्राले लागेर घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीले सिकार खेल्न गएका बलामी र ओम बहादुर थापा बलामी मगरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धानको थालिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.