पौडी खेल्ने क्रममा भेरीमा डुबेर दुई बालिकाको मृत्यु, बालक बेपत्ता
जाजरकोट : पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। एक जना बालक नदीमा बेपत्ता भएका छन्।
मृत्यु हुनेमा नलगाड नगरपालिका–८ का टेकबहादुर नेपालीका १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १२ वर्षीया छोरी आशा कुसारीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त कुमार शर्माले बताए।
सुरेन्द्रका १० वर्षीय छोरा महेश कुसारी नदीमा बेपत्ता भएका छन्। डिएसपी शर्माका अनुसार शुक्रबार मन्मईस्थित भेरी नदीमा पौडी खेल्न गएका उनीहरूलाई नदीले बगाएको थियो। एक जनालाई बगाएपछि बचाउन गएका अरू दुई जनालाई पनि नदीले बगाएको थियो। उनीहरू नदीमा बगेको थाह पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा दुई बालिका बगेको ठाउँ भन्दा केही तल मृत अवस्थामा फेला परेका थिए। बालकको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !