आशीर्वाद
पर्वतै राजाका दुई रानीबाट
एक एक छोरा नि मेरा बालै एक एक छोरा नि
भएका थिए नि सुन्दर र सुदिप
राजाका काखमा कान्छीको छोरो
सुदिप बसेको मेरा बालै भै’गए अलग्ग
जेठीको छोरो नि छेवैमा गई
टुलटुली हेरेको मेरा बालै भै’गए अलग्ग ।
कान्छी है आमाले सुन्दरलाई भनिन्
तपस्या गरी आऊ मेरा बालै तपस्या गरी आऊ
ईश्वरको सेवा नि गर्न है लागे
परमात्मा चिनेर मेरा बालै परमात्मा चिनेर ।
आशीर्वाद दिँदै नि ईश्वरले भने
यो राज्य तिम्रै हो मेरा बालै यो राज्य तिम्रै हो
भगवान्को वरदान पाएर आए
पिताका चरणमा मेरा बालै पिताका चरणमा ।
प्रतिक्रिया दिनुहोस !