पानी ट्यांकीमा डुबेर बालकको मृत्यु

पानी ट्यांकीमा डुबेर बालकको मृत्यु

जाजरकोट : पानी ट्यांकीमा डुबेर जाजरकोटमा एक बालकको ज्यान गएको छ। भेरी नगरपालिका-९, कालाभुरस्थित सिँचाइ प्रयोजनका लागि बनाइएको खुल्ला पानी ट्यांकीमा डुबेर स्थानीय १२ वर्षीय रमेश शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो साढे १ बजे पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्तकुमार शर्माले बताए। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बालकको शव पोस्टमार्टमका लागि तयारी गरिँदैछ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत शुक्रबार पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.