पानीमा डुबेर युवकको मृत्यु
जाजरकोट : पानीमा डुबेर जाजरकोटमा आइतबार युवकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा नलगाड नगरपालिका-६ का २१ वर्षीय विकास बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।
नलगाड ३ कट्के स्थित माइती घरबाट फर्कने क्रममा स्थानीय पिउली खोलामा पौडी खेल्ने क्रममा तालमा डुबेर बुढाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक वसन्त कुमार शर्माले बताए।
प्रतिक्रिया दिनुहोस !