एमालेमा एकता नभए शून्य सिटमा झरिन्छ : सचिव भट्ट

एमालेमा एकता नभए शून्य सिटमा झरिन्छ : सचिव भट्ट

धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले एमालेमा एकता भएमात्रै मिसन २०८४ सफल हुने बताएका छन्। नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको गुटबन्दीको अन्त्य भए आगामी प्रतिनिधिसभाको निर्वाचनमा सुदूरपश्चिमका १६ वटै सिट जितिने बताएका हुन्। 

‘पार्टीभित्र एकता कायम भए आगामी प्रतिनिधि निर्वाचनमा सुदूरपश्चिमका १६ वटै सिट जित्न सकिन्छ। तर गुटबन्दी हाबी भयो भने एक सिट पनि जित्न गाह्रो हुन्छ,’उनले भने। गत निर्वाचनमा एमालेले सुदूरपश्चिमका १६ सिट मध्ये २ सिट मात्र जितेको थियो।

सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए। यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.