५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज निर्णय नआउने
काठमाडौं : ५२ संवैधानिक नियुक्तविरुद्धको मुद्दामा आज निर्णय नआउने भएको छ। सर्वोच्च अदालतले उक्त मुद्दामाथि बुधबार निर्णय सुनाउने मिति तय गरेको थियो। तर, उक्त असार १८ गतेका लागि सारिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले मुद्दाको सुनुवाइको मिति सार्ने निर्णय गरेको हो।
२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक-पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए।
प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइ बिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओपप्रकाश अर्याल, सम्रित खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ।
प्रतिक्रिया दिनुहोस !