भारतमा बन्धक बनाइएका ५७ जना स्वदेश आइपुगे

भारतमा बन्धक बनाइएका ५७ जना स्वदेश आइपुगे
भारतबाट उद्धार गरेर ल्याइएका नेपाली युवा गड््डाचौकी नाका भएर नेपाल फर्किंदै । तस्बिर : महादेव अवस्थी

भारतमा बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ जना नेपाली युवाहरूको ‘किन इन्डिया’ले स्थानीय प्रहरीको सहयोगमा उद्धार गरेको थियो ।

महेन्द्रनगर : काम– सामान प्याकिङ गर्ने । तलब– महिनाको १८ हजार भारतीय रुपैयाँ ।

राम्रै कमाइ हुने आश्वासनपछि कैलालीको चुरे गाउँपालिकाका मानबहादुर विक भारततर्फ लागे । नजाऊन पनि किन ? विकलाई दाइ नाता पर्नेले नै बोलाएका थिए । त्यसपछि सुन्दर भविष्यको कल्पनासहित विक भारतको काशीपुर पुगे । तर, उनलाई काम दिइएन । प्याकिङको काम सिक्नका लागि ‘ट्रेनिङ’ लिनुपर्ने सर्त राखियो । त्यसका लागि २३ हजार शुल्क तिनुपर्ने भनियो । कमजोर आर्थिक अवस्थाका उनले ट्रेनिङ शुल्कका लागि घर धितो राखेर ऋण निकाले । ट्रेनिङको पैसा तिरे । तर, काम पाएनन् । उल्टै बन्दी बनाइयो । 

‘घरको आर्थिक अवस्था कमजोर भएकाले रोजगारीका लागि काशीपुर गएँ, मानबहादुरले भने, ‘त्यहाँ गएपछि पहिला क्लास लिनुपर्छ त्यसपछि काम पाइन्छ भन्यो । घर धितो राखेर २३ हजार रुपैयाँ तिरेर क्लास लिएँ । तर काम दिएनन् । उल्टै बन्धक बनाएर राखे ।’

आफन्त तथा साथीभाइले बोलाएपछि भारतको काशीपुरमा रोजगारीका लागि पुगेका मानबहादुर जस्तै ५७ जना नेपाली युवालाई काम दिनुको सट्टा बन्धक बनाएर राखिएको थियो । उद्धारपछि गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूका पीडा र दुःख बग्रेल्ती थिए । उनीहरूलाई वीरेन्द्र शाहीलगायतको ‘नेटवर्क’ ले भारत बोलाएर रकम असुल्न बन्धक बनाएको थियो । इलामको माई नगरपालिका–८ का सौगात लिम्बू पनि रोजगारीको आशामा काशीपुर पुगेका थिए ।

नेपालीलाई बन्धक बनाइएको घरमा छापा हानेर उद्धार गरिएको किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बताए ।

‘मेरो काकाको आईडीबाट कम्प्युटरमा डाटा इन्ट्री र प्याकिङको काम छ भनेर बोलाइएको थियो’, सौगातले भने, ‘तर मेरो काकालाई नै त्यो विषयमा जानकारी रहेनछ । काकाको आईडी खोलेर मलाई फँसाइएको रहेछ ।’ काशीपुर पुगेपछि काकासँग भेट गर्न नदिएको सौगातले बताए । ‘१०/१२ दिन ट्रेनिङ चल्छ भनेर नेपाली ५० हजार रुपैयाँ मागे । कोठाबाट कहीँ जान दिइएन’, उनले भने, ‘न आफन्तलाई भेट्न दिए, न त राम्रोसँग खानसमेत दिए ।’ सौगातको मोबाइल फोनसमेत उनीहरूले खोसेर राखेका थिए । 

भारतमा बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ जना नेपाली युवाहरूको ‘किन इन्डिया’ले स्थानीय प्रहरीको सहयोगमा उद्धार गरेको थियो । नेपालीलाई बन्धक बनाइएको घरमा छापा हानेर उद्धार गरिएको किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बताए । ‘एक महिनाको अभियानमा बन्धक बनाएर राखिएका ५८ जनाको उद्धार गरेका छौं, जसमध्ये ५७ जनालाई नेपाल पठाइएको हो’, जोशीले भने, ‘रोजगारीको प्रलोभनमा भारतमा बोलाएर प्रतिव्यक्ति रु. २५ हजारसम्म रकम असुल गर्ने र बन्धक बनाएर यातना दिने गरेको पाइयो ।’ 

केही महिनाअघि ताप्लेजुङका सोम लिम्बूको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरू त्यहाँ बन्धक भएको घटना बाहिर आएको थियोे । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरी र किन इन्डियाको सहयोगमा शंकास्पद क्षेत्रमा रेकी गरी विभिन्न सेल्टरमा राखिएका ९ जना नाबालकसहित ५७ जनाको उद्धार गरिएको हो । यसरी उद्धार गरिएकामा १३ वर्षदेखि ४१ वर्षका छन् । 
‍‍
भारतमा उद्धार गरिएकामा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुमका र पाँचथरका ४/४ जना छन् । यस्तै, दाङ, स्याङजा र बाँकेका ३/३ जना, ताप्लेजुङ, डोटी र धादिङका २/२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रूपन्देहीका १/१ जना छन् । 

उनीहरूलाई नेपाली मूलकै युवाले आफन्त तथा साथीभाइमार्फत बोलाएर रकम असुली गरी कुटपिट तथा यातना दिएर बन्धक बनाइएका थिए । उनीहरूलाई महाकाली यातायात प्रालिसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गन्तव्यमा पठाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.