४७० पेजको उपन्यास मनग्य विदारक मानसिक दुष्कर्मका छिर्काछिर्कीका नाटकीय मनोविज्ञानका विश्लेषण भन्छु।
अखण्ड भण्डारीकृत समाजको परिवेश वरपर रुमलिएको औपन्यासिक कृति । उपन्यास सन्न्यास होइन । हुनै सकोइन । यो त जीवन जगत्को चौखण्डी दिशा–परिवेश रुमलिँदो बिहङगम विचरण । न यसको खेमा हुन्छ । न त निश्चित परिधि । अनन्त व्योम खेमा यसको । उपन्यासकार विचरक जति फट्फटाउन सकिन्छ विचरण गर्नु करामत उपन्यासकारको । ‘बोरा’ उपन्यासका स्रष्टा स्वनामधन्य अखण्ड भण्डारी प्रवीण प्रयोगर्धी ! प्रयोग नौलो सोच–प्रयोग–अभिव्यञ्जना शैलीका अनुपोषण । प्रयोगधर्मिता स्रष्टा समाजका अभियन्ता धर्म–कर्म । कर्म नै धर्म । धर्म नै कर्म । अन्योन्याश्रित नङ–मासु । रक्त सञ्चार–हृदयको ढुकढुकी झैं । एकै ज्यान र ज्ञान ! नसा नदीका तरल तरंग । मानस चिन्तनसित अन्योन्याश्रित एकापसमा ।
घुम्ती हुन्छन् उपन्यासमा । ग्रन्थकारका परिकल्पनाअनुसार । स्वतन्त्र उडान लेखकीय विचरण धर्म–कर्म ! ‘बोरा’ उपन्यास सन्न्यासलाई चिर्दाे कृति । नौलो सीपशैलीवान वृत्ति..! सीप त शैलीमा भुल्किन्छ । शैली वाक्य विन्यासमा झल्किन्छ । वाक्य विन्यास शब्द विज्ञानमा ! शब्दविज्ञान मधुरस युक्त हुँदा पाठक रुचिकर मान्छन् । ‘बोरा’ उपन्यासका रुचिकर स्वाद यस अवगुम्फनमा चाखेँ ! शिष्ट–सौम्य–सौहार्द प्रस्तुति ! अखण्ड भण्डारीका सुललित लालित्यमा रमाएँ । भण्डारीका भण्डार चिन्तन समाज वरपरै !
नौलोपन सरलतम सृजनाका मेरुदण्ड ! मेरुदण्डले कञ्चनलाई कथ्य बनाउँछ । कथ्य अभिव्यक्ति सारगर्भित ! सारगर्भित वाणी चिरस्मणीय बन्छ । नयो उर्चेल्याइ, नयो बखेल्याइ । मनले ठाने–मानेको आत्मबोध बोधितत्त्व सिर्जनाका तरल तरंग ! अनुभूति तत्त्व यसका मानष चेत प्रवाह ! चेतन वृत्त खुल्दा धारावाही विचार प्रवाह बग्छ– स्वादिष्ट तरल–तरंग लिएर दर्शक पाठकलाई कुम्ल्याएर !
बसिभूत भएँ आफैं थाम्नै नसकेर बेहोस् भएको भानले भुटुक्किएँ । आफैंसित भने–मनमनै– लेखकीय करामत ! भावभंगीमामा पाठक जगत्का मन बहलाउनु ! मात्र त्यति नै मात्र नपुगेर भावनाका तरंग–तरेली पाठक मनलाई प्रभावित पार्नु । यसका निमित्त आवश्यक सराजाम भावनाका तरल तरंग । अर्को सरल वाक्य विन्यास । त्यसकै चोटले पाठक पाठकीय हैसियतले छलङिएर लेखकीय हैसियतदार बन्ने मनोदशा उभारिन्छ..! भावुक मनका बेगवान् करामत भन्छु मनमनै ! अभिव्यक्तिन्छन् मनका रमरम रमझम !
‘बोरा’ उपन्यासकारका कृतिकारले मातृ मनका भावनात्मक मनका तरंगले पाठकलाई बारम्बार उद्वेलित पारिरहन्छ । भावनाका असम्भार ज्वारभाटा मच्चाउनु लेखकीय अनुबन्ध सीप–ज्ञान अभिव्यञ्जना शिल्प बन्छ ? पढ्दापढ्दै तरंगिएँ । भावुकताको तरंगमा ! पहिलो परिवेश प्रवेशमै तरंगिएँ । उपन्यास रच्नुको सीप– कला भिन्नै । तर शाश्वत–बिल्कुल मौलिक । निजत्व झल्किने शैलीगत पस्काई ! हाई हाई ! कथा–कहानीभन्दा फरक–अलग्ग–आफ्नै सीप साधनायुक्त सिर्जना उपन्यास मन बहलाउने एक पक्ष, अमित छाप छाड्ने प्रभाव । प्रभावले अन्तरचेत उमारिदिन्छ ! थोरैले मात्र लेख्ने पढ्ने निबन्धकारितामा भन्दा त बहुसंख्यक पाठकले रुचाउने उपन्यासबाट सन्न्यास लिइरहनु एउटा भुल लाग्न थाल्यो । ‘बोरा’ उपन्यासको सोचाइ गर्भ अक्षर मार्गमा सार्दा चिनमय पाइला !
द्वन्द्व विधानको परिपालन
बोरा उपन्यास छन् फनफनिएका द्वन्द चक्रमा । छन् द्वन्द्व मनोविज्ञानले वाचाल अनि । स्कुटर यात्री रश्मि अँध्यारोले झपक्क छोपिसकेको साँझ पुल मुनिबाट जाउँ कि, के गरूँ ? मनोद्वन्द्व श्रीगणेशबाटै सुरुवाती लेखन साथै थालिन्छ । पुलमुनि खोलामा फालिएको बोरा शल्यक्रिया गरी बोराभित्रबाट जन्माएकी आमाको नाक, कपाल, मुख आफ्नै मुमा–जस्तै पाउँदा भाव बिह्वल बन्नु बिल्कुल स्वाभाविक । त्यसै भावुकताले ओतप्रोत भएर रश्मिको ‘आमा’ चिच्याहट मनोद्वन्द्वको प्रस्फुटन ठहर्छ । सूक्ष्म पठन, मनोविश्लेषणका द्वार ! नभनौं नै किन ? आफंैसित किन न भनौ लाग्छ..!
द्वन्द्व विधान मनोबेगबाट उछिट्टिएका भाव उद्वेलन ! पूरा प्रसंगमा प्रासांगिक तुल्याउनु सर्जकीय कौशल सीप साधना । कलम भित्र फुर्ने भाव तर लेखकीय चिन्तनचेत तरंग ! तिनै तरंग, विन्यासले उपन्यास कारिताका लहरलहरका रहर ‘बोरा’ ठाने–माने ! विविधाभास विरोधाभास ठानिन्न । बरू एकै छाँगोको वेगवान् उद्गमलाई आवश्यक चिन्तक परिश्रमी किसान मजदुरको खेत पटाउने कर्मठ चिन्तन नबनुन् कसरी ?
‘बोरा’ त जुटका रेसा तन्तुबाट बुनिएका कुनै वस्तु भण्डारण साधन ! त्यसमै बुढ्यौलीले चाउरिएको, दाँत झरेकी बूढीआमालाई मतिभ्रष्ट कुपात्रे कुपुत्रले थन्काई पुलमुनि फाल्नु अमानुषिक, निन्दनीय सरोकार ! आफैं – जीवन–वरदान दात्री आमा ! कुन अमानुषिक–दानवीय लीलामय अमानुषिक चर्यामा उफ्रँदो चाल चाल्ने कुपुत्र । यी सबमा सशक्त उपन्यास पढ्दापढ्दै हृदय विदारिन्छ । भाषिक, संयोजन, सरलतम वाक्य विन्यासले मुटु छेड्छ नै ! छैन अन्यमनस्क हुनुपर्ने ठाउँ कतै नि !
जँड्याहा पिताले श्रीमतीलाई झुक्याउँदो पीडा एकातिर... छोरी रश्मि असह्य पीडा प्रत्येक रात भोग्छे । छोरो नजन्माएको निहुँमा आमालाई अकथ्य शारीरिक कष्ट दिनु अमानवीय स्वभाव दानवीय ! सशक्त चित्रण वरदान बुध्दिदात्री सरस्वतीको..! नभनौं नै किन ? अवशानपछि आमाको बिचरी रश्मि बेहालिँदै भांैतारिरहेको घडी । रिक्सामा सवार स्कुलकै हेड सरले रश्मिलाई गन्तव्यमा पुर्याउने आश्वासन ! बन्छ सहारा पीडा उन्मुक्तिका । बेसहारा बनेकी छात्रालाई सहारा चेतधारी ‘सर’ को सुकोमल सद्भाव उदाहरणीय ! अवस्था बुझेर दयनीय अवस्थामा मानवीय सहाराभन्दा उदारमनस्क चिन्तनधारा सललल पार्नु शिक्षकीय ज्वलन्त पाठ । पाठ्यक्रम तर्जुमाका पक्ष ठहर्छ । यो चरितार्थ चित्रण !
केही दिनमै हर्मन माइनर असहाय बालबालिका सानोठिमीमा भर्ना गरिनु स्वयम् अलिखित पाठ्य सामग्री ठहर्छ । बोरा उपन्यासले ओकलिरहेका रहस्यमय थेग्राई यी !
पठन–पाठन, आवास, रहन–सहन, स्वस्थ–चुस्त–दुरुस्त वातावरण पाएर मनग्य –बोर्ड टप भइन् रश्मि । फलतः जीवनको महत्त्वपूर्ण फड्को क्यालिफोर्निया विश्वविद्यालयको छात्रवृत्ति ग्रहण गर्न पाउनु रश्मिको जीवनको अर्को उपलब्धि ठहर्छ । यी घटनाक्रमको व्यूह रचनाकार त उपन्यासकारबाहेक अरूको हुँदो हो ? उपन्यासका सर्जक रचनाकारका काल्पनिक क्षमताकै स्वरव्यञ्जन बन्छ । योजनाकारका पूर्वाधार चेत गहिरिएर विश्लेषण गर्दा मनभरि हरित क्रान्तिका अन्तराल भेटिन पुगिन्छ–पुग्छु नै ! अन्तराल शिक्षकीय दायित्त्वशील मनोवैज्ञानिक धार पहिलिन पुग्छ । प्रस्तोता र पाठकीय मनोविज्ञान तराजु चेत उघन्यो ! यो बुढ्यौली चेतको मनोभाव ! प्रसंगको प्रासांगिक उपहार–पाठक–समीक्षक वृन्दमा !
चरित्र निर्माणका उकानी उक्लन मनषा–वाचा–कर्मना भूमिका खेल्नु शिक्षकीय दायित्वपूर्ण भूमिका । निर्वाह गर्नु शिक्षकीय सार्थक भूमिका चाहार्नु सांकेतिक परिप्रेक्ष्य बन्छ ! जीवन यौवन कलिला मुहूर्तमा आफ्नै शिक्षकीय भूमिकामा खेले गरेका कार्यको झझल्को झिल्का अझै झल्किने पारेको सामथ्र्य धारण गरेको अनुभूति चाखें– मनग्य !
४७० पेजको उपन्यास मनग्य विदारक मानसिक दुष्कर्मका छिर्काछिर्कीका नाटकीय मनोविज्ञानका विश्लेषण भन्छु । यसभित्र मातृस्नेहका प्रशान्त महासागरीय गहराइ भेटिन्छ । इमान–धर्मसाथ रेखांकन गरेको भावधारा चुम्छु । बालापनमा आफ्नै सहस्रधारा अजस्र चुहाई लालनपालन गरेका प्राणभन्दा प्यारो सन्तति मोह ! वैवाहिक संस्कारपश्चात जीवन– संगिनीका पोल्टामा परेर उस्धारा चुसी संवर्धित जीवन बाल लीलाप्रति रत्तिभर सिंहावलोकन गर्न असक्षमताको पर्दाफास भए गरिएका प्रचुर्य सांकेटिक सँगालो बनेको छ ‘बोरा’ उपन्यास ! कथ्य अकथ्य जीवन लिलाका चरमचुली विश्लेषण योग्य ठान्छु–मान्छ ु!
रश्मिको एकलो टुहुरो जीवन सुर्धाने अकथनीय कथा बोरा उपन्यास उद्धारको अन्तरध्यान योग भन्छु । यसभित्र रुमलिएका व्यूहचक्र यथार्थको रूपान्तर बनेको छनक यो सत्य घटनामा आधारित पात्रको हुलिया परिवर्तन गरिएको वाक्यले उजागर गर्छ । कसैसँग दुरुस्तिन पुगे संयोगमात्र हुने अभिव्यक्ति लेखकीय सौम्य बन्छ !
अनेक घुम्तीका चिम्टी
‘बोरा’ उपन्यास घटनाक्रमका विन्यास ‘सिलसिलाबद्ध घटनाका क्रमबद्ध संकल्प ! संकल्प भन्नु औपन्यासिक क्रमका लहर लहरका प्रहर । पाठक चिन्तन मनन्लाई मन्त्रमुग्ध पार्ने सूत्र ! परिबन्धले पारेको झुठमुठ सन्देशलाई चिरफार गर्ने मनोवैज्ञानिक लेखन साधना ! पढ्दापढ्दै आत्मसात् गरेको धारणा । धारणा त आफूभित्रका चिन्तन बेग ! उपन्यासकारका चहकिलो सामथ्र्य भन्छु ।
बोरा संयोगन्त जीवन्त मिलन – संगम वियोग बनेको वृद्धाश्रमको लीला सुखान्त संगममा परिणत हुन्छ । तारतम्यपूर्ण नाति–नातिनाका श्रद्धाभक्तिले डोलायमान संगममय पारिवारिक संगम सुखदायी भुवन बन्छ । छोरा बुहारीका अकर्म प्रायश्चितमा टुंगिन्छ ।
प्रतिक्रिया दिनुहोस !