‘बोरा’ उपन्यासका अन्तर्य

पुस्तक

‘बोरा’ उपन्यासका अन्तर्य

४७० पेजको उपन्यास मनग्य विदारक मानसिक दुष्कर्मका छिर्काछिर्कीका नाटकीय मनोविज्ञानका विश्लेषण भन्छु।

अखण्ड भण्डारीकृत समाजको परिवेश वरपर रुमलिएको औपन्यासिक कृति । उपन्यास सन्न्यास  होइन । हुनै सकोइन । यो त जीवन जगत्को चौखण्डी दिशा–परिवेश रुमलिँदो बिहङगम विचरण । न यसको खेमा हुन्छ । न त निश्चित परिधि । अनन्त व्योम खेमा यसको । उपन्यासकार विचरक जति फट्फटाउन सकिन्छ विचरण गर्नु करामत उपन्यासकारको । ‘बोरा’ उपन्यासका स्रष्टा स्वनामधन्य अखण्ड भण्डारी प्रवीण प्रयोगर्धी ! प्रयोग नौलो सोच–प्रयोग–अभिव्यञ्जना शैलीका अनुपोषण । प्रयोगधर्मिता स्रष्टा समाजका अभियन्ता धर्म–कर्म । कर्म नै धर्म । धर्म नै कर्म । अन्योन्याश्रित नङ–मासु । रक्त सञ्चार–हृदयको ढुकढुकी झैं । एकै ज्यान र ज्ञान ! नसा नदीका तरल तरंग । मानस चिन्तनसित अन्योन्याश्रित एकापसमा ।

घुम्ती हुन्छन् उपन्यासमा । ग्रन्थकारका परिकल्पनाअनुसार । स्वतन्त्र उडान लेखकीय विचरण धर्म–कर्म ! ‘बोरा’ उपन्यास सन्न्यासलाई चिर्दाे कृति । नौलो सीपशैलीवान वृत्ति..! सीप त शैलीमा भुल्किन्छ । शैली वाक्य विन्यासमा झल्किन्छ । वाक्य विन्यास शब्द विज्ञानमा ! शब्दविज्ञान मधुरस युक्त हुँदा पाठक रुचिकर मान्छन् । ‘बोरा’ उपन्यासका रुचिकर स्वाद यस अवगुम्फनमा चाखेँ ! शिष्ट–सौम्य–सौहार्द प्रस्तुति ! अखण्ड भण्डारीका सुललित लालित्यमा रमाएँ । भण्डारीका भण्डार चिन्तन समाज वरपरै !

नौलोपन सरलतम सृजनाका मेरुदण्ड ! मेरुदण्डले कञ्चनलाई कथ्य बनाउँछ । कथ्य अभिव्यक्ति सारगर्भित ! सारगर्भित वाणी चिरस्मणीय बन्छ । नयो उर्चेल्याइ, नयो बखेल्याइ । मनले ठाने–मानेको आत्मबोध बोधितत्त्व सिर्जनाका तरल तरंग ! अनुभूति तत्त्व यसका मानष चेत प्रवाह ! चेतन वृत्त खुल्दा धारावाही विचार प्रवाह बग्छ– स्वादिष्ट तरल–तरंग लिएर दर्शक पाठकलाई कुम्ल्याएर !

बसिभूत भएँ आफैं थाम्नै नसकेर बेहोस् भएको भानले भुटुक्किएँ । आफैंसित भने–मनमनै– लेखकीय करामत ! भावभंगीमामा पाठक जगत्का मन बहलाउनु ! मात्र त्यति नै मात्र नपुगेर भावनाका तरंग–तरेली पाठक मनलाई प्रभावित पार्नु । यसका निमित्त आवश्यक सराजाम भावनाका तरल तरंग । अर्को सरल वाक्य विन्यास । त्यसकै चोटले पाठक पाठकीय हैसियतले छलङिएर लेखकीय हैसियतदार बन्ने मनोदशा उभारिन्छ..! भावुक मनका बेगवान् करामत भन्छु मनमनै ! अभिव्यक्तिन्छन् मनका रमरम रमझम !

‘बोरा’ उपन्यासकारका कृतिकारले मातृ मनका भावनात्मक मनका तरंगले पाठकलाई बारम्बार उद्वेलित पारिरहन्छ । भावनाका असम्भार ज्वारभाटा मच्चाउनु लेखकीय अनुबन्ध सीप–ज्ञान अभिव्यञ्जना शिल्प बन्छ ? पढ्दापढ्दै तरंगिएँ । भावुकताको तरंगमा ! पहिलो परिवेश प्रवेशमै तरंगिएँ । उपन्यास रच्नुको सीप– कला भिन्नै । तर शाश्वत–बिल्कुल मौलिक । निजत्व झल्किने शैलीगत पस्काई ! हाई हाई ! कथा–कहानीभन्दा फरक–अलग्ग–आफ्नै सीप साधनायुक्त सिर्जना उपन्यास मन बहलाउने एक पक्ष, अमित छाप छाड्ने प्रभाव । प्रभावले अन्तरचेत उमारिदिन्छ ! थोरैले मात्र लेख्ने पढ्ने निबन्धकारितामा भन्दा त बहुसंख्यक पाठकले रुचाउने उपन्यासबाट सन्न्यास लिइरहनु एउटा भुल लाग्न थाल्यो । ‘बोरा’ उपन्यासको सोचाइ गर्भ अक्षर मार्गमा सार्दा चिनमय पाइला !

द्वन्द्व विधानको परिपालन
बोरा उपन्यास छन् फनफनिएका द्वन्द चक्रमा । छन् द्वन्द्व मनोविज्ञानले वाचाल अनि । स्कुटर यात्री रश्मि अँध्यारोले झपक्क छोपिसकेको साँझ पुल मुनिबाट जाउँ कि, के गरूँ ? मनोद्वन्द्व श्रीगणेशबाटै सुरुवाती लेखन साथै थालिन्छ । पुलमुनि खोलामा फालिएको बोरा शल्यक्रिया गरी बोराभित्रबाट जन्माएकी आमाको नाक, कपाल, मुख आफ्नै मुमा–जस्तै पाउँदा भाव बिह्वल बन्नु बिल्कुल स्वाभाविक । त्यसै भावुकताले ओतप्रोत भएर रश्मिको ‘आमा’ चिच्याहट मनोद्वन्द्वको प्रस्फुटन ठहर्छ । सूक्ष्म पठन, मनोविश्लेषणका द्वार ! नभनौं नै किन ?           आफंैसित किन न भनौ लाग्छ..!

द्वन्द्व विधान मनोबेगबाट उछिट्टिएका भाव उद्वेलन ! पूरा प्रसंगमा प्रासांगिक तुल्याउनु सर्जकीय कौशल सीप साधना । कलम भित्र फुर्ने भाव तर लेखकीय चिन्तनचेत तरंग ! तिनै तरंग, विन्यासले उपन्यास कारिताका लहरलहरका रहर ‘बोरा’ ठाने–माने ! विविधाभास विरोधाभास ठानिन्न । बरू एकै छाँगोको वेगवान् उद्गमलाई आवश्यक चिन्तक परिश्रमी किसान मजदुरको खेत पटाउने कर्मठ चिन्तन नबनुन्‌ कसरी ?

‘बोरा’ त जुटका रेसा तन्तुबाट बुनिएका कुनै वस्तु भण्डारण साधन ! त्यसमै बुढ्यौलीले चाउरिएको, दाँत झरेकी बूढीआमालाई मतिभ्रष्ट कुपात्रे कुपुत्रले थन्काई पुलमुनि फाल्नु अमानुषिक, निन्दनीय सरोकार ! आफैं – जीवन–वरदान दात्री आमा ! कुन अमानुषिक–दानवीय लीलामय अमानुषिक चर्यामा उफ्रँदो चाल चाल्ने कुपुत्र । यी सबमा सशक्त उपन्यास पढ्दापढ्दै हृदय विदारिन्छ । भाषिक, संयोजन, सरलतम वाक्य विन्यासले मुटु छेड्छ नै ! छैन अन्यमनस्क हुनुपर्ने ठाउँ कतै नि !

जँड्याहा पिताले श्रीमतीलाई झुक्याउँदो पीडा एकातिर... छोरी रश्मि असह्य पीडा प्रत्येक रात भोग्छे । छोरो नजन्माएको निहुँमा आमालाई अकथ्य शारीरिक कष्ट दिनु अमानवीय स्वभाव दानवीय ! सशक्त चित्रण वरदान बुध्दिदात्री सरस्वतीको..! नभनौं नै किन ?  अवशानपछि आमाको बिचरी रश्मि बेहालिँदै भांैतारिरहेको घडी । रिक्सामा सवार स्कुलकै हेड सरले रश्मिलाई गन्तव्यमा पुर्‍याउने आश्वासन ! बन्छ सहारा पीडा उन्मुक्तिका । बेसहारा बनेकी छात्रालाई सहारा चेतधारी ‘सर’ को सुकोमल सद्भाव उदाहरणीय ! अवस्था बुझेर दयनीय अवस्थामा मानवीय सहाराभन्दा उदारमनस्क चिन्तनधारा सललल पार्नु शिक्षकीय ज्वलन्त पाठ । पाठ्यक्रम तर्जुमाका पक्ष ठहर्छ । यो चरितार्थ चित्रण !
केही दिनमै हर्मन माइनर असहाय बालबालिका सानोठिमीमा भर्ना गरिनु स्वयम् अलिखित पाठ्य सामग्री ठहर्छ । बोरा उपन्यासले ओकलिरहेका रहस्यमय थेग्राई यी ! 

‘बोरा’ उपन्यासका कृतिकारले मातृ मनका भावनात्मक मनका तरंगले पाठकलाई बारम्बार उद्वेलित पारिरहन्छ।

पठन–पाठन, आवास, रहन–सहन, स्वस्थ–चुस्त–दुरुस्त वातावरण पाएर मनग्य –बोर्ड टप भइन् रश्मि । फलतः जीवनको महत्त्वपूर्ण फड्को क्यालिफोर्निया विश्वविद्यालयको छात्रवृत्ति ग्रहण गर्न पाउनु रश्मिको जीवनको अर्को उपलब्धि ठहर्छ । यी घटनाक्रमको व्यूह रचनाकार त उपन्यासकारबाहेक अरूको हुँदो हो ? उपन्यासका सर्जक रचनाकारका काल्पनिक क्षमताकै स्वरव्यञ्जन बन्छ । योजनाकारका पूर्वाधार चेत गहिरिएर विश्लेषण गर्दा मनभरि हरित क्रान्तिका अन्तराल भेटिन पुगिन्छ–पुग्छु नै ! अन्तराल शिक्षकीय दायित्त्वशील मनोवैज्ञानिक धार पहिलिन पुग्छ । प्रस्तोता र पाठकीय मनोविज्ञान तराजु चेत उघन्यो ! यो बुढ्यौली चेतको मनोभाव ! प्रसंगको प्रासांगिक उपहार–पाठक–समीक्षक वृन्दमा !
चरित्र निर्माणका उकानी उक्लन मनषा–वाचा–कर्मना भूमिका खेल्नु शिक्षकीय दायित्वपूर्ण भूमिका । निर्वाह गर्नु शिक्षकीय सार्थक भूमिका चाहार्नु सांकेतिक परिप्रेक्ष्य बन्छ ! जीवन यौवन कलिला मुहूर्तमा आफ्नै शिक्षकीय भूमिकामा खेले गरेका कार्यको झझल्को झिल्का अझै झल्किने पारेको सामथ्र्य धारण गरेको अनुभूति चाखें– मनग्य !

४७० पेजको उपन्यास मनग्य विदारक मानसिक दुष्कर्मका छिर्काछिर्कीका नाटकीय मनोविज्ञानका विश्लेषण भन्छु । यसभित्र मातृस्नेहका प्रशान्त महासागरीय गहराइ भेटिन्छ । इमान–धर्मसाथ रेखांकन गरेको भावधारा चुम्छु । बालापनमा आफ्नै सहस्रधारा अजस्र चुहाई लालनपालन गरेका प्राणभन्दा प्यारो सन्तति मोह ! वैवाहिक संस्कारपश्चात जीवन– संगिनीका पोल्टामा परेर उस्धारा चुसी संवर्धित जीवन बाल लीलाप्रति रत्तिभर सिंहावलोकन गर्न असक्षमताको पर्दाफास भए गरिएका प्रचुर्य सांकेटिक सँगालो बनेको छ ‘बोरा’ उपन्यास ! कथ्य अकथ्य जीवन लिलाका चरमचुली विश्लेषण योग्य ठान्छु–मान्छ ु!

रश्मिको एकलो टुहुरो जीवन सुर्धाने अकथनीय कथा बोरा उपन्यास उद्धारको अन्तरध्यान योग भन्छु । यसभित्र रुमलिएका व्यूहचक्र यथार्थको रूपान्तर बनेको छनक यो सत्य घटनामा आधारित पात्रको हुलिया परिवर्तन गरिएको वाक्यले उजागर गर्छ । कसैसँग दुरुस्तिन पुगे संयोगमात्र हुने अभिव्यक्ति लेखकीय सौम्य बन्छ !

अनेक घुम्तीका चिम्टी
‘बोरा’ उपन्यास घटनाक्रमका विन्यास ‘सिलसिलाबद्ध घटनाका क्रमबद्ध संकल्प ! संकल्प भन्नु औपन्यासिक क्रमका लहर लहरका प्रहर । पाठक चिन्तन मनन्लाई मन्त्रमुग्ध पार्ने सूत्र ! परिबन्धले पारेको झुठमुठ सन्देशलाई चिरफार गर्ने मनोवैज्ञानिक लेखन साधना ! पढ्दापढ्दै आत्मसात् गरेको धारणा । धारणा त आफूभित्रका चिन्तन बेग ! उपन्यासकारका चहकिलो सामथ्र्य भन्छु ।

बोरा संयोगन्त जीवन्त मिलन – संगम वियोग बनेको वृद्धाश्रमको लीला सुखान्त संगममा परिणत हुन्छ । तारतम्यपूर्ण नाति–नातिनाका श्रद्धाभक्तिले डोलायमान संगममय पारिवारिक संगम सुखदायी भुवन बन्छ । छोरा बुहारीका अकर्म प्रायश्चितमा टुंगिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.