डिभिजन बन प्रमुखमाथि भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमै कुटपिट

डिभिजन बन प्रमुखमाथि भ्रष्टाचार गरेको भन्दै कार्यकक्षमै कुटपिट

जाजरकोट : जाजरकोटस्थित डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरिएको छ। आइतबार कार्यालय समयमै कार्यालयभित्र पसी अपरिचित समूहले साहलाई कुटपिट गरेको हो।

कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर भ्रष्टाचारी भन्दै दुर्व्यवहार गर्दै हातपात गरेको साहले बताए। ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३–४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ प्रमुख साहले भने।

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताए। केही दिनअघि डिभिजन वन कार्यालयको तालिम हलमा मदिरा सेवन गरेको भन्दै सार्वजनिक भिडियोका कारण चर्को आलोचना खेपिरहेका प्रमुख साहमाथि आज कार्यकक्षमै कुटपिट भएको हो।

उनले उक्त भिडियो आफ्नो चरित्र हत्या गर्न नियोजित रूपमा फैलाइएको दाबी गर्दै आएका छन्। ‘मैले कुनै गल्ती गरेको छैन, त्यो भिडियो कार्यालय समयभन्दा बाहिरको थियो, तर त्यसलाई लिएर धेरैले दुष्प्रचार गरे,’ शाहले भने, ‘तर यस्तो कुटपिट गर्ने अधिकार कसैलाई छैन, यो नियोजित देखिन्छ।’

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आक्रमणकारीको पहिचान भइसकेको छैन। सीसीटीभी फुटेजको सहायताले छानबिन अघि बढाइएको छ। ‘हामीले कार्यालय परिसरका सीसीटीभी फुटेज संकलन गरेका छौं, त्यसको आधारमा दोषी पहिचान गरी कारबाही अघि बढाइन्छ’, जिल्ला प्रहरी प्रमुख वसन्त कुमार शर्माले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.